संसद अधिवेशनको सबै तयारी पुरा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसद अधिवेशनको सबै तयारी पुरा


१३ पुस २०७९, बुधबार


संसद् सेवा

काठमाडौँ । संघीय संसद सचिवालयले संसद अधिवेशनका लागि तयार रहेको बताएको छ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाका अनुसार सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको छ ।

सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको जानकारी दिए। सरकारले पुस २५ गते दिउँसो १ बजे संसद अधिवेशन आह्वान गरेको छ।

उनले संसद्का पदाधिकारीलाई दिइने सवारी साधनको भने अभाव रहेको बताए। सचिवालयसँग स्रोत नभएको भन्दै उनले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दा पनि उपलब्ध हुन नसकेको गुनासो गरे।

Tags :
प्रतिक्रिया दिनुहोस