डोटी । खप्तड-शैलेश्वरी अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुटबल र कबड्डी प्रतियोगिताको उपाधि पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले हात पारेको छ ।
३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा डोटी जिल्ला सिलगढी स्थित श्री भैरव प्रसाद गण र जिल्ला स्तरीय वाल सञ्जाल डोटीको संयुक्त आयोजनामा पुस ९ गते देखि सिलगढी स्थित टुडीखेलमा सञ्चालन भएको प्रतियोगितामा फुटबलमा सुजंग बोर्डिङ र कबड्डीमा पवित्र बोर्डिङलाई पराजित गर्दै उपाधि हात पारेको छ ।
मङ्गलवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पदम पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालयले फुटबलमा सुजंग बोर्डिङ स्कुललाई १–० गोलले पराजित गरेको छ भने त्यस्तै कबड्डी प्रतियोगितामा पवित्र बोर्डिङ स्कुललाई ६७ अङ्कले पछि पार्दै जित हासिल गरेको थियो । पद्म पब्लिकले ७९ अङ्क प्राप्त गर्दा पवित्र बोर्डिङ स्कुलले १२ अङ्क प्राप्त गरेको थियो ।
फुटबल र कबड्डी प्रतियोगितामा प्रथम हुने टिमले रू १५.१५ हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ भने द्वितीय हुने टिमले रू १०।१० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेका छन् ।
चित्रकला प्रतियोगितामा १० वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो जस मध्य श्री तेडि माद्यामिक विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्र आशिक साउद प्रथम भएका छन् उनले ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए भने पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्र डायमन्ड ओली द्वितीय भएका छन् उनले १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।
त्यस्तै वेस्ट प्लेयर बन्न सफल फुटबल खेल तर्फ सुजुङ्ग ईंग्लिस बोर्डिङ स्कुलका दिपेन्द्र भुल र कबड्डीतर्फ पद्म पब्लिक मुक्तिनारायण मा.वि.की दिपा विष्ट लाई वेस्ट प्लेयर ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा फुटबलमा फेयर प्ले अवार्ड मोर्निङ्ग लाइट ईंग्लिस बोर्डिङ स्कुल तथा कबड्डीमा पवित्र बोर्डिङ स्कुलले प्राप्त गरेको छ ।
समापन कार्यक्रममा श्री नं ५ बाहिनी अड्डाका वाहिनी पति सहायक रथि दिपेस जङ्ग शाह ,भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्की,जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।



