दुई विभागका महानिर्देशक फेरिए, नयाँमा जोशी र सोती नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुई विभागका महानिर्देशक फेरिए, नयाँमा जोशी र सोती नियुक्त


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । नापी र मालपोत विभागका महानिर्देशक फेरिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुवै विभागका महानिर्देशक परिवर्तन गरेको हो ।

तत्कालीन मन्त्री शशी श्रेष्ठले नापी विभागको महानिर्देशकमा जनकराज जोशी र भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशकमा पद्मनिधी सोतीलाई महानिर्देशक बनाई पठाएकी हुन् । यससँगै नापी विभागका महानिर्देशक प्रकाश जोशी र भूमि व्यवस्थापन विभागका पीताम्बर घिमिरेलाई मन्त्रालय ल्याइएको छ ।

नापी विभागका जोशी दोस्रो वरियतामा भए पनि पाँच वर्षदेखि मन्त्रालय काम गरेको र अनुभवका हिसाबले पनि महानिर्देशकमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । यसअघिका महानिर्देशक प्रकाश जोशी चार वर्ष बढीदेखि महानिर्देशक थिए ।

यसैगरी सोती ३४ वर्षदेखि भूमि प्रशासनमा काम गर्दै आएको र भूमि तथा मालपोत कार्यालयमै बिताएका सोतीले महानिर्देशकको अवसर नपाएकोले यस पटक जिम्मेवारी दिइएको मन्त्रालयको भनाई छ ।

यससँगै जोशीले योजना महाशाखा हेर्नेछन् भने घिमिरेले भूमि व्यवस्थापन महाशाखा हेर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस