३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैङ्क र अनलाइन प्रणालीबाहेक राजस्वको नगद कारोबार नगर्नु : विभाग

अ+ अ-

काठमाडौँ । बैङ्क तथा अनलाइन भुक्तानी प्रणाली बाहेक सरकारी राजस्वको नगद कारोबार नगर्न आन्तरिक राजस्व विभागले सचेत गराएको छ ।

केही दिन अगाडि नयाँ बसपार्क क्षेत्रमा आन्तरिक राजस्व कार्यालयबाट खटिएको भन्दै अनाधिकृत व्यक्तिले कर जरिवाना गराई रकम असुल गरेको फेला परेको थियो ।

विभागले कर रकम भुक्तानी राजस्व सङ्कलन गर्ने बैङ्क वा अनलाइन भुक्तानी प्रणालीबाट मात्र हुने व्यवस्था रहेको भन्दै बैङ्क काउन्टरबाहेक राजस्व कार्यालय तथा कुनै व्यक्ति र स्थानबाट नगद राजस्व बुझ्ने व्यवस्था नरहेको स्पष्ट पारेको छ ।

विभागले करदातालाई आफ्नो कारोबारसँग सम्बन्धित हिसाब किताब अद्यावधिक राख्न भनेको छ । बिल–बिजक जारी गरेर मात्र व्यवसाय सञ्चालन गर्न समेत सचेत गराएको छ । साथै विभागले बिक्रेता, खरिदकर्ता–उपभोक्तालाई समेत आफूले खरिद–बिक्री गरेको वस्तु र सेवाको वास्तविक कारोबार मूल्य अनुसारकै बिल लिन र दिन समेत अनुरोध गरेको छ ।

अनुगमन तीव्र
विभागका अनुसार अहिले राजस्व चुहावट नियन्त्रणका लागि बजारमा अनुगमन तीव्र बनाएको बताएको छ । बजार अनुगमनका लागि आन्तरिक राजस्व विभाग मातहतका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट कर अधिकृतसहितको टोली खटाइएको छ ।

अनुगमनमा कर परिपालना सम्बन्धी कागजात जाँच तथा रुजु गर्ने, कर सम्बन्धी विषय जानकारी गराउने कर परिपालना गरेको नपाइएमा कानुन अनुसार कारबाही समेत गरिने विभागको भनाइ छ ।

चालु आर्थिक वर्षमा सरकारको आन्तरिक राजस्वमा समेत उच्च कमी आएको छ । यससँगै विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो ।

प्रतिक्रिया दिनुहोस