१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य तालिम लिनुपर्ने

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ ।

वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ ।अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने सरकारी नियम छ । जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर संस्थाले अभिमुखीकरण तालिम प्रदान गरिरहेका छन् ।

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन हुनुपर्ने भए पनि यसअनुसार नभएको पाइएको विभागको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै विभागले १५ दिनभित्र कार्यविधिले तोकेको मापदण्ड पूरा गरी विभागलाई जानकारी गराउन सबै अभिमुखीकरण तालिम प्रदायकहरुलाई आह्वान गरेको छ । यसका साथै अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन अबको केही समयभित्रै अनलाइनमार्फत् सुरु गरिने पनि पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस