डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको हो । ‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पुस १० मा साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय स्थित डिएसपी क्वाटरमा राखिएको छ । डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस गरिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।

बुटवल स्थित टेलिकम कार्यालय अगाडिबाट सुन सहित पक्राउ परेका किसन बिकसँग उनले ‘घुस’ लिएको आरोप छ । किसनको साथबाट बरामद गरेको ३४ तोला २१ लाख सुन फिर्ता गरे बापत उनले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट साढे ८ लाख नगद र साढे ९ लाखको चेक बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस