१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरले गर्‍यो ७२ छोरीको बीमा

अ+ अ-

काठमाडौँ । भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ । महानगरपालिकाले विसं २०७९ जेठ ११ गतेको  निर्णयअनुसार महानगरभित्र जन्मिएका छोरीको बीमा गरेको हो ।  

भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने र स्वास्थ्य संस्थामा जन्म भएका बच्चाको बीमा गरिएको हो । महानगर र राष्ट्रिय बीमा संस्थानको सहकार्यमा उनीहरूको बीमा गरिएको महिला विकास अधिकृत शान्ता पौडेलले जानकारी दिए । “बाल उमङ्ग बीमालेख” हस्तान्तरण कार्यक्रमको आयोजना गरी आज छोरीका अभिभावकलाई बिमित प्रमाणपत्र हस्तान्तरण गरिएको छ । 

महानगरमा परेका १५३ वटा निवेदनमध्ये प्रक्रिया पूरा गरेका उनीहरूलाई पहिलो चरणमा बीमा गरिएको हो । अन्यसमेतको प्रक्रिया पूरा गरी बीमा गरिने सो अवसरमा जानकारी दिइयो ।बीमा संस्थानले कात्तिक २ गते बीमा नीति जारी गरेको भएपनि निर्वाचन आचार संहिताका कारण वितरण गर्न बाँकी रहेको थियो । बाल उमङ्ग जीवन बीमा कार्यक्रम अन्तर्गत महानगरपालिकाले १५ वर्षका लागि छोरीको प्रिमियर बुझाउने छ । महानगरले प्रिमियम रकम रु ५० हजार बुझाउने छ भने १५ वर्षपछि छोरीहरूले रु. एक लाख पाउने छन् । 

बीमित प्रमाणपत्र महानगर प्रमुख रेनु दाहालले छोरीको भ्रूण हत्या गर्ने र जन्मदर्ता नगर्ने परिपाटिको अन्त्यका लागि महानगरले यो कार्यक्रम लागू गरेको बताइन् । छोरीले पनि अवसर पाए काम गरेर देखाउन सक्ने भन्दै उनले यो बिमाले छोरीको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।  आफू दोस्रो पटक महानगर प्रमुखमा विजयी भएसँगै पदबहालीका क्रममा गरेको निर्णय कार्यान्वयनमा आएको भन्दै उनले खुसी व्यक्त गरिन् । 

कार्यक्रममा भरतपुर महानगरपालिका-१० का वडा अध्यक्ष परमेश्वर खनालले छोरी बीमा कार्यक्रम प्रभावकारी हुने बताए । छोरीको महत्त्व बुझाउन र समाजलाई परिवर्तन गर्न यो कार्य फलदायी बन्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस