झापामा शङ्कास्पद शव फेला, अनुसन्धान चल्दै  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

झापामा शङ्कास्पद शव फेला, अनुसन्धान चल्दै 


७ पुस २०७९, बिहिबार


काठमाडौँ । झापाको कन्काई नदी छेउमा एक पुरुषको शव फेला परेको छ। 

शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित कन्काई नदीको काँस घारीमा बिहीबार साँझ ५ बजेतिर एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार ती पुरुषको मृत्यु शङ्कास्पद छ। अहिले नै के भएको भन्नेबारे विस्तृतमा बताउन नसकिने बताइएको छ । 

मृतक पुरुषको पहिचान पनि खुल्न सकेको छैन। उनको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

यस्तै प्रहरीले उनको पहिचान खुलाउन कोही हराएको निवेदन परे/नपरेकोबारे हेरिरहेको छ । 

प्रहरीका अनुसार सुरूङ्गाका एक पुरुष हराएकाले उनको परिवारलाई बोलाइएको छ। 

घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिले र बिर्तामोडका डिएसपी खटिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस