मेगा बैङ्कलाई इन्भेष्टमेण्टसँग मर्जर गर्न अन्तिम स्वीकृति प्रदान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेगा बैङ्कलाई इन्भेष्टमेण्टसँग मर्जर गर्न अन्तिम स्वीकृति प्रदान


७ पुस २०७९, बिहिबार


काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैङ्कसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । 

बिहीबार काठमाडौँमा सम्पन्न मेगा बैङ्कको १२औँ वार्षिक साधारण सभाले मूल्याङ्कनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैङ्कको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगा बैङ्कको १०० कित्ता शेयर बराबर मेगा बैङ्कका शेयरधनीहरुलाई मर्जरपछि बन्ने बैङ्कको ९० कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००:९०) मा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । 

योसँगै नेपाल इन्भेष्टमेण्ट बैङ्कसँगको मर्जरको बाटो खुलेको छ । दुबै बैङ्क एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने, बैङ्कको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेड रहने छ । 

साधारणसभामा मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुबै बैङ्कको नाम र काम अनुसारको गरिमालाई उचो बनाउन दुबै बैङ्कमा रहेका असल परम्परा संस्कार, ग्राहकहरूको सेवा, कर्मचारीहरूको मिलान र व्यवस्थापन तथा शेयरधनीहरुको जेथा र लाभांशमा न्यायोचित वृद्धि र निरन्तरता दिइने विश्वास व्यक्त गरे । 

यसैगरी, साधारण सभाले शेयरधनीहरुका लागि बोनस शेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस