वैदेशिक रोजगारीमा गएका ४ सय १० जना श्रमिक सम्पर्कविहीन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगारीमा गएका ४ सय १० जना श्रमिक सम्पर्कविहीन


७ पुस २०७९, बिहिबार


बालक बेपत्ता

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका ४ सय १० जना नेपाली श्रमिक लामो समयदेखि सम्पर्कविहीन रहेको एक अध्ययनले देखाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ मा विश्वका विभिन्न ४ देशमा ४ सय १० जना नेपाली श्रमिक हराएको उल्लेख छ । उनीहरू लामो समयदेखि सम्पर्कमा आउन नसकेका हुन् ।

सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै युएईमा दुई सय ५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन् । युएईमा २०२० मा १० जना मात्रै हराएको तथ्याङ्क थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो । तर एक वर्षमै यति ठूलो संख्यामा नेपाली श्रमिक हराएको प्रतिवेदनमा उल्लेख छ । युएईपछि मलेसियामा यो संख्या धेरै छ । २०२१/२२ मा मलेसियामा एकसय पाँच जना हराएका छन् । मलेसियामा हराउने क्रम घटेको तथ्याङ्कले देखाएको छ । तीन वर्ष पहिले तीन सय जना हराएकोमा अहिले त्यो संख्या घटेको हो ।

यस्तै कुवेतमा पनि १० महिलासहित ४८ जना यो वर्ष हराएका छन् । यस्तै साउदी अरबमा २ र ओमानमा १ जना हराएका छन् । यो संख्या दूतावासमा वा परराष्ट्रमा खोजी गरिदिनको लागि आएका निवेदनका आधारमा तयार पारिएको प्रतिवेदनमा उल्लेख छ । 

Tags :
प्रतिक्रिया दिनुहोस