१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो शैक्षिक सत्रमा कम्प्युटर साइन्सको समूह परिवर्तन नहुने

अ+ अ-

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समूहबाट दोस्रो समूहमा राखेको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णय अनुसार शैक्षिक सत्र २०७९–८० का लागि समूह परिवर्तन गरेको जनाएको छ । तर, कम्प्युटर साइन्सको समूह परिवर्तन गरेपनि अधिकांश विद्यालयले सूचना नपाएको भन्दै पुरानै अर्थात् चौथो समूहमा नै राखेर अध्यापन गराउँदै आएको थियो ।

कतिपय विद्यालयले भने ढिला गरी थाहा पाउँदा तीन महिनापछि समूह परिवर्तन गरेका छन् । शैक्षिक सत्रको बीचमा समूह परिवर्तन गरिएको भन्दै विद्यार्थीले असन्तुष्टि जनाएका छन् ।

बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फाराम भर्ने सूचना जारी गर्दा समूह परिवर्तनको पनि सूचना जारी गरेको थियो । तर, केही विद्यालयहरूले सूचना अवगत नभएका कारण कम्प्युटर साइन्स विषयलाई चौथो समूहमा नै समूहीकृत गरी पठनपाठन गरेको र परिवर्तन गर्न समस्या भएको भनेकाले हालका लागि साविककै समूहमा राखी निरन्तरता दिन बोर्डले सूचना जारी गरेको छ ।

तर, आगामी शैक्षिक सत्रबाट भने अनिवार्य रूपमा कम्प्युटर साइन्स विषय दोस्रो समूहमा समूहीकृत हुने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस