१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानविरुद्ध सैन्य कदम चाल्ने उत्तर कोरियाको चेतावनी

अ+ अ-

काठमाडौँ । उत्तर कोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चार दिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो । 

जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाई उच्च महत्त्व दिएको छ भने चीन र उत्तर कोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ । उत्तर कोरियाली विदेशमन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका निम्ति नभई अन्य देशमा हमला गर्न आफ्नो सैन्य शक्ति विस्तार गरेको टिप्पणी गरेको छ । मन्त्रालयका अज्ञात प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अमेरिकाले जापानको सैन्य महत्वाकाङ्क्षा बढाएर कोरियाली प्रायद्वीपको शान्तिलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाइएको छ । 

उत्तर कोरियामाथि आक्रमण गर्ने अमेरिकी प्रयासलाई विफल तुल्याउन नयाँ रणनीतिक हतियार विकास गर्न आफूलाई बाध्य पारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “जापानको रणनीतिका कारण उत्पन्न भएको क्षेत्रीय सुरक्षाको जटिलतालाई दृष्टिगत गरी आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न दृढ एवं निर्णायक सैन्य कदम चाल्न उत्तरकोरिया तयार छ,” विज्ञप्तिमा भनिएको छ । 

सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश रहेको कोरियाली प्रायद्वीपमाप जापानविरोधी भावना अद्यापि कायम छ । विशेष गरी उत्तर कोरियाले जापानको कठोर शब्दमा आलोचना गर्दै आएको छ । जापानका कारण आफ्नो देशले अकल्पनीय पीडा झेल्नुपरेको प्योङयाङको ठम्म्याइ छ ।

प्रतिक्रिया दिनुहोस