२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत विवादमा परेपछि कार्यपालिका बैठक स्थगित

अ+ अ-

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत नै विवादमा परेपछि इलामको माइजोगमाई गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ। नेकपा (एमाले)बाट निर्वाचित कार्यपालिका सदस्यहरू प्रमुख प्रशासकीय अधिकृतको सम्बन्धमा रहेको विवाद नमिलेसम्म बैठक नबस्ने भन्दै सहभागी नभएका हुन्।

गाउँपालिकाको कार्यपालिका बैठक सोमबारका लागि बोलाइएको थियो। एमालेबाटै निर्वाचित पालिका अध्यक्ष कुशबहादुर थेबे, नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रविना राई, काँग्रेसबाटै निर्वाचित वडा २ र ३ का वडाध्यक्ष भने बैठकस्थल पुगेका थिए। तर, गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको छ। वडा १ अध्यक्ष तथा गाउँपालिका प्रवक्ता यामकुमार कार्कीले कार्यपालिका बैठक बस्न नसकेको बताए।

अपाङ्गता भएका व्यक्तिहरूलाई ‘गाली’ गरेको र स्थानीय युवासँग ‘भनाभन’पछि प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मी विवादमा छन्। रेग्मीले गाउँपालिकाकै अपाङ्गता समन्वय समितिका पदाधिकारी र स्थानीय युवाको समूहलाई बेग्लाबेग्लै भेटमा गालीगलौज गरेको आरोप छ। रेग्मीले ‘तुच्छ’ शब्दसमेत प्रयोग गर्दै गाली–बेइज्जत गरेको आरोप स्थानीयले लगाएका छन्।

उनीहरूले गाली–बेइज्जतको घटना छानबिन गर्न र प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई सरुवा गर्न माग गर्दै पालिका अध्यक्षलाई छुट्टाछुट्टै ज्ञापनपत्रसमेत बुुझाइसकेका छन्। रेग्मीले भने आफूसँग कसैको ठूलो विवाद नभएको, आफूले कसैलाई गाली, अपशब्द प्रयोग नगरेको र आफूले ऐन-कानुनभन्दा पर गएर कुनै काम नगरेको दाबी गर्दै आएका छन्।  

प्रतिक्रिया दिनुहोस