२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यौन दुर्व्यवहारको आरोपमा माओवादी केन्द्रीय सदस्य निलम्बित

अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँमाथि यौन दुर्व्यवहार आरोप लागेको छ ।

उनले माओवादी केन्द्रकै भातृ सङ्गठन अखिल क्रान्तिकारीमा आबद्ध एक किशोरीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील म्यासेज पठाएको खुलेको छ ।

अखिल क्रान्तिकारीको काठमाडौँ जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुर्व्यवहार भएकोबारे सुरुमा सङ्गठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् ।

ती किशोरीको निवेदन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईँलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको छ ।

माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईँको विषयमा पार्टीकै भातृ सङ्गठन अखिल क्रान्तिकारीमा कार्यरत एक जना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्लील म्यासेजहरूको प्रतिलिपसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्रीप्रसाद बजगाईँलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ,’ माओवादीको आन्तरिक सर्कुलरमा भनिएको छ, ‘तत् सम्बन्धमा सत्य तथ्य बुझी आवश्यक छानबिन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेस गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको छ ।’

यसैबीच बजगाईँमाथि छानबिनको जिम्मेवारी पाएको केन्द्रीय अनुशासन अयोगले काम थालेको छ । आयोगका अध्यक्ष टङ्क राईले आफूले पीडित किशोरीसँग प्रारम्भिक बयान लिएको बताए ।

बजगार्ईं सम्पर्कमा आए आफूहरूले पत्र काटेर बयानका लागि बोलाउने राई बताउँछन् । सफाइका लागि समय दिँदा पनि नआए बजगाईँ दोषी भएको ठहर हुने उनको भनाइ छ ।

अनुशासन समितिले प्रतिवेदन बुझाएपछि उनीमाथि गरिने थप कारबाही तय हुने माओवादी केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस