२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी सरकारमा काँग्रेसको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस गण्डकीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको काँग्रेस गण्डकीको बैठकले पहिलो पार्टी भएकाले आफै नेतृत्वमा सरकार गठन गर्न पहल थाल्ने निर्णय गरेको प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए।

प्रदेशमा पार्टी नेतृत्वको सरकार गठन गर्न अन्य दलका नेताहरूसँग छलफल अघि बढाउने शर्माले बताए। गण्डकीमा नेपाली काँग्रेसले २७ सिट जितेको छ भने माओवादी केन्द्रले ८ सिट जितेको छ। मनाङबाट स्वतन्त्र सांसद चुनिएका राजीव गुरुङ ‘दीपक मनाङे’ नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्।

काँग्रेस नेतृत्वमा सरकार गठन गर्न निर्णायक हैसियतमा रहेका माओवादी केन्द्रसँग परामर्श गर्ने सभापति शर्माले बताए।

प्रदेश समितिले संसदीय दलका नेता छान्ने प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ।

निर्वाचन आयोगले प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाइ सकेको छ। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरूलाई समय दिने छन्।

संविधानको धारा १६१ को (१) अनुसार एउटै दलको बहुमत नभएकाले धारा १६१ को (२) मा उल्लेखित प्रावधान अनुसार २ वा २  भन्दा धेरै दल मिलेर सरकार गठन हुने छ।

गण्डकीमा गठबन्धनमा रहेका दलहरू काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको ३६ सिट छ। प्रदेश सभामा रहेको ६० सिटमा उक्त संख्या बहुमतका लागि पर्याप्त भएकाले यही तीन दलको सरकार बन्ने देखिन्छ।

संविधानको धारा १८३ (१) अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने उल्लेख छ। निर्वाचन आयोगले गत मंसिर २८ मा अन्तिम परिणाम घोषणा गरेकाले पुस १६ भित्र प्रदेश सभा बैठक बसिसक्नु पर्नेछ।

संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाएपछि मात्र सरकार गठन प्रक्रिया अघि बढ्ने गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताए।

यस्तै सरकार गठन पहिला कि संसद बैठक भन्ने अझै यकिन नभएकाले यसबारे कानुनविद्सँग छलफल गरेर निर्णय लिने बताए।

संघमा भने सांसदको शपथ ग्रहण अघि नै सरकार गठन प्रक्रिया अघि बढेको छ। प्रतिनिधि सभा सदस्यले शपथ लिनुअघि नै आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई एक साताभित्र सरकार गठन गर्न समय दिएकी छिन्। २०७४ को निर्वाचन परिणाम पश्चात् पनि सांसदको सपथअघि नै संघीय सरकार गठन भएको थियो।

प्रतिक्रिया दिनुहोस