२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९ महिनासम्म धरान खानेपानी बोर्डको बैठक बस्न सकेन किन ?

अ+ अ-

धरान । नौ महिनासम्म धरान खानेपानी बोर्डको बैठक बस्न नसकिरहेको अवस्थामा दलहरूले बोर्डको पारदर्शिताबारे जानकारी माग्दा पनि धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले सूचना दिन अवरोध गरेको आरोप लागेको छ ।

खानेपानी बोर्डका सदस्य समेत रहेका नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेलले नौ महिनासम्म बोर्डको बैठक डाक्न नसकेको बताए । तीन करोड बढीको सामग्री सहयोगको रूपमा आएको प्रचार गरेका मेयरले सबै सामग्री खानेपानी बोर्डका लागि प्रयोगसमेत नगरेको आरोप पोख्रेलले लगाए ।

‘७५ प्रतिशत सामग्री खोला खोल्सीतिर गएको छ, त्यसले कति उत्पादन दियो ?’, बोर्ड सदस्य पोख्रेलले प्रश्न गरे, ‘बोर्डको हिसाबकिताब बारे बुझ्न जाँदा लेखा अधिकृतले जानकारी नदिनू भन्ने नगर प्रमुखको निर्देशन छ भने, अहिले धरान उपमहानगर र खानेपानी बोर्ड खोक्रो बन्दै गइरहेको छ ।’

धरान उपमहानगरपालिकाको आर्थिक महाशाखाले सूचना दिन नमान्दा शुक्रबार गरिने भनिएको खानेपानीको आय–व्यय प्रस्तुत हुन सकेन । बिहीबार कार्यपालिकाको बैठक अवरुद्ध भएको विषयमा जानकारी दिन २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले शुक्रबार धरानको खानेपानीको आयव्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

तर आर्थिक प्रशासन महाशाखाका कर्मचारीले हिसाबकिताब नदिनू भन्ने नगर प्रमुखको निर्देशन रहेको बताएका थिए । सूचना नदिएकै कारण हिसाबकिताब सार्वजनिक गर्न नसकिएको धरान १७ का वडाध्यक्ष एवम् धरान कार्यपालिकाका प्रवक्ता सूर्यकुमार भट्टराई (मनोज) ले बताए । ‘हामीले प्रक्रियागत रूपमा सूचना मागेका हौँ, सूचना दिइएन, यसमा हाम्रो आपत्ति छ’, वडाध्यक्ष भट्टराईले भने ।

आर्थिक प्रशासन महाशाखाका प्रमुख भेषराज अधिकारीले वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले खानेपानीको आयव्ययको लागत सूचनामार्फत माग गरेको बताए । ‘उहाँहरूले सूचना मागेकै हो, तर मेयरसाबले अहिले नदिनू, तीन–चार दिनमा म आफैँ सार्वजनिक गर्छु, भनेकाले दिन नसकिएको हो,’ महाशाखा प्रमुख अधिकारीले भने ।

नगरप्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत हिसाबकिताब आफैँ सार्वजनिक गर्ने बताएका छन् । जो पायो त्यहीले जतिखेर पायो त्यतिखेर सूचना माग गर्दा दिन बाध्य नहुने आशय व्यक्त गर्दै साम्पाङले लेखेका छन्, ‘म आफैँ दिनेछु सूचना खानेपानी बोर्डको ! जो पायो त्यसले जतिखेर माग्यो त्यतिखेर दिनुपर्ने भन्ने हुँदैन !’

प्रतिक्रिया दिनुहोस