काठमाडौँ । नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आज अपराह्न ३ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू र शीर्ष नेताहरू छन्।