२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राम्रा कामहरूको प्रचार हुन सकेन : मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको रूपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएकी छन् । 

बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काठमाडौँमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासन बुलेटिन विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीमा भएको समस्याभन्दा बढी समस्या जस्तो बनाएर सहकारीका समस्याहरूको प्रचार गरिएको बताइन् । 

उनले समस्यामा आएका सहकारी औँलामा गन्न सकिने रहेको भन्दै राम्रा कामहरूको प्रचार हुन नसक्नु दुःखद रहेको बताए । मन्त्री श्रेष्ठले राम्रा सहकारी खोज्न विदेश जानुपर्ने अवस्था नरहेको भन्दै नेपालभित्र नै राम्रा सहकारी रहेको र महिलाहरूले सञ्चालन गरेको सहकारीहरू अझ उत्कृष्ट रहेको बताइन् ।

उनले सहकारीमा आएको समस्या एकाध सहरमा र सहरोन्मुख क्षेत्रमा भएको भन्दै वास्तविक सहकारीको सिद्धान्त, उद्देश्य, मर्म र भावनाअनुसार सञ्चालन नभएको ठाउँमा समस्या आएको स्पष्ट पारिन् । 

मन्त्री श्रेष्ठले सहकारीको माध्यमबाट मुलुकमा नै रोजगारी सिर्जना गरी विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै राख्नुपर्ने अपरिहार्य भएको बताइन् । 

उनले सहकारीसम्बन्धी ऐनहरू छरिएर रहेका कारण कतिपय अवस्थामा बाझिएको बताइन् । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी एकीकृत कानुन निर्माण गर्न पहल गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस