काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।
बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
क्यानका अनुसार प्रशिक्षक प्रभाकरले आजैबाट लागु हुने गरी राजीनामा दिएका हुन्। प्रभाकरको राजीनामा क्यानले स्वीकृत समेत गरिसकेको छ।