२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले पठायो फिर्ता

अ+ अ-

काठमाडौँ । साङ्गीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

पर्यटक भिसामा साङ्गीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले बताइन् । डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको उनले बताइन् ।

उनले भनिन्, ‘मैले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे जानकारी गराएँ, तर उहाँहरूले मान्नुभएन । काठमाडौँ दूतावासमा गएर पुनः पी–३ भिसा लिएर आउन उहाँहरूले भन्नुभएको छ । सोहीअनुसार दूतावासमा पुगेर काउन्सिलरसँग कुरा गर्छु ।’

पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उनलाई भनेका छन् । आफूले सन् २०१५ मै भिजिट भिसा लिएको उनले बताइन् । अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।

आफू कन्सर्टमा सहभागी हुन नपाएपछि आस्थाले दुःख व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस