२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीसँग मिली धाँधली गरेर हराइयो : झलनाथ खनाल

अ+ अ-

काठमाडौं । इलाम-१ बाट पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् ।

पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरू कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् ।

उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा भनिएको छ, ‘निर्वाचन अधिकृत तथा मतदान अधिकृतको अन्यायपूर्ण र पक्षपाती निर्णय र कार्यले निर्वाचन निष्पक्ष नभएकाले मेरो संवैधानिक, कानूनी, नागरिक एवं राजनैतिक अधिकारको हनन् भएकाले पक्षपातपूर्ण निर्वाचन बदर गरी पुनः निर्वाचन गराउने गरी इन्फास हुन अदालतमा आएको छु ।’

खनालले ५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत पाइएकोले धाँधली भएको पुष्टि हुने दाबी गरेका छन् । उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको दाबी गरेका छन् । विश्वसनीय र भयरहित निर्वाचन नभएकाले फेरि निर्वाचन हुनुपर्ने उनको माग छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले विभिन्न १० तरिकाले आफूलाई पराजित गरिएको दाबी गरेका छन् । निर्वाचन सामग्री प्रयोगमा बाधा व्यवधान भएको, मतपत्रको दुरुपयोग भएको, नगद वा जिन्सी लाभ लिई मतदान गर्न प्रेरित गरिएको, मतदाता नै नभएकालाई मतदान गर्न दिइएको, पटक पटक मतदान भएको उनको आरोप छ ।

खनालले रिट निवेदनमा मतदानको प्रक्रिया उल्लङ्घन भएको, निर्वाचनमा संलग्न भएका व्यक्तिलाई प्रभावित पारिएको अनि अनुचित ढङ्गले सवारीसाधनको प्रयोग भएको आरोप लगाएका छन् ।

उनले १० प्रकारका आरोप लगाउँदै इलाम–१ को निर्वाचन बदर गरी फेरि मतदान हुनुपर्ने भनी माग राखेका छन् । उनले आफूलाई पराजित गराउने काममा संलग्न निर्वाचन अधिकृत र कर्मचारीहरूलाई विभागिय कारबाहीका लागि जरिवाना हुनुपर्ने आदेशको पनि माग गरेका छन् ।

इलाम-१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने एकीकृत समाजवादीका उम्मेदवार खनालले २३०८९ मत पाएका थिए । खनालले धाँधलीपूर्वक बस्नेतलाई जिताइएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस