१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्दिरमा विवाह गर्न जन्म दर्ता अनिवार्य

अ+ अ-

काठमाडौँ। कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्न जाँदा जन्म दर्ता प्रमाणपत्र अनिवार्य हेर्ने गरिएको छ।

बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्न जाने जोडीले स्पष्ट रूपमा परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको हो।

पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको चन्दननाथ मन्दिरमा अनिवार्य जन्म दर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि सारिएको चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए। चालू आर्थिक वर्ष देखि यो नीति अघि सारेको उनले बताए।

उनका अनुसार यो चालू आर्थिक वर्षको अहिलेसम्म १० जना जोडीले मन्दिरमा विवाह गरेको तथ्याङ्क छ। मंसिर महिनामै मात्रै ३ जना जोडीले विवाह गरे।  

उनीहरू सबै जोडीहरूले उमेर पुगेर विवाह गरेका हुन्। विवाह गरे बापत न्यूनतम १ हजार रुपैयाँ गुठीले लिने गरेको छ। मन्दिरमा सुटुक्क विवाह गर्न पाइन्छ। उमेरको सोधी खोजी हुँदैन भन्ने भ्रम छ। जसका कारण अधिकांश उमेर नपुगेका जोडी मन्दिरमा विवाह गर्न चाहन्छन्। यो भ्रम चिर्नका लागि अनिवार्य जन्म दर्ता ल्याउनुपर्ने व्यवस्था गरिएको गुठीका प्रमुख रत्नाप्रसाद आचार्यको भनाइ छ।

अहिले उमेर पुगेका जोडी मात्र विवाह गर्न मन्दिरमा आउने गरेका छन्। मन्दिरमा कडाइ नहुँदा बालबालिका विवाह गर्न आउन सक्ने सम्भावना बढेको थियो। यसैका लागि मन्दिरमा विवाह गर्दा अनिवार्य २० वर्ष नाघेको हुनुपर्ने व्यवस्था गरिएको हो।

गुठी समितिले सम्झाउँदा नमान्ने परिवारलाई नजिकैको प्रहरीको जिम्मा लगाउने गरिएको छ। मन्दिरभित्र सुरक्षाका लागि बसेका प्रहरीले बालविवाह गर्दा भोग्नुपर्ने कानुनी सजायका बारेमा जानकारी दिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस