१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका वादी समुदायले पाएनन् जमिन

अ+ अ-

सुर्खेत । आफ्नो स्वामित्वमा जग्गा पाउन नसक्दा र शिक्षा, स्वास्थ्यमा पहुँच नहुँदा कर्णाली प्रदेशका वादी समुदायको अवस्था दयनीय बनेको छ । यी समस्याको समाधानका लागि उनीहरूले हरेक पटक न्यायको ढोका ढकढक्याए पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् ।

विसं २०७७ मा वादी समुदायले आफ्नो नाममा जग्गा उपलब्ध गराइदिन माग गर्दै १७ दिनसम्म गरेको आन्दोलनबाट माग सम्बोधन गर्ने भन्दै लिखित सम्झौता भए पनि अहिलेसम्म पनि सम्झौता कार्यान्वयन भने हुन सकेको छैन ।

नेपालको संविधानले हरेक क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने गरी समानताको हकको व्यवस्था गरेको छ । अझै धारा ४० ले दलितको छुट्टै अधिकारको व्यवस्था गरेको छ ।

दैलेख नारायण नगरपालिका वडा नम्बर १ मा ६५ घरधुरी वादी समुदायको छ । उनीहरू ऐलानी जमिनमा बस्दै आएका छन् । आफ्नो स्वामित्वमा जग्गा नहुँदा हरेक समस्या भोग्नुपरेको गुनासो यो समुदायको छ । त्यहाँ उनीहरू ढुक्कले बस्ने अवस्था नभएको भन्दै सरकारले कति बेला उठ् भन्छ र सडकमै बास हुन्छ भन्ने त्रास रहेको स्थानीय सिर्जना वादी बताइन् ।

‘नगरपालिकाले यो बस्ती उठाउने भनेको छ कति बेला उठाउँछ र हामी घरविहीन बन्छौँ,’ सिर्जना भन्छिन्, ‘हामीले वर्षौँदेखि समस्या भोग्दै आएका छौँ, यदि हामीलाई यो ठाउँबाट उठाउने हो भने अर्को ठाउँमा बस्ने व्यवस्था गर्नुपर्छ ।’ एकातिर उत्पादन गर्ने जमिन छैन भने अर्कोतिर बेरोजगार समस्यामा आफूहरू रहेको सिर्जनाको भनाइ छ ।

त्यही बस्तीका दुर्गा वादीले भने पहिलेको भन्दा समय परिवर्तन भएको भन्दै अब आफूहरूलाई सरकारले जग्गा दिनुपर्ने बताइन् । उनले जग्गासँगै बालबालिकाको शिक्षा, स्वास्थ्यको प्रत्याभूति सरकारले लिनुपर्ने माग गरिन् । ‘पहिले भन्दा केही फरक त भएको छ,’ उनले भनिन्, ‘अब हामीलाई जग्गा सरकारले दिनुपर्छ र हाम्रा बालबालिकाले पढ्न पाउनुपर्छ ।’

आफूहरूले गाडीमा सामान राख्दा र झार्दा पाउने ज्यालाबाट परिवार चलाउँदै आएको बताउँदै त्यही समुदायकी रञ्जु वादीले भनिन्, ‘सबै परिवार अटाउने घरसम्म छैन, घर बनाउन जग्गा छैन ।’

वादी समुदायका बालबालिका शिक्षाको पहुँचमा पनि छैनन् भने उनीहरूले हरेक दिन समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस