२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्रीको नेतृत्वमा भारतमा उच्चस्तरीय शैक्षिक भ्रमण हुने

अ+ अ-

काठमाडौँ । भारतका विभिन्न स्थानमा नेपालबाट उच्चस्तरीय शैक्षिक भ्रमण हुने भएको छ । काठमाडौँ विश्वविद्यालयको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उच्च स्तरीय भ्रमण हुन लागेको हो । काठमाडौँ विश्वविद्यालयको आयोजनामा पुस २ देखि पुस ९ गतेसम्म भारतको चेन्नाई, हैदराबाद र चिरुपति लगायतका क्षेत्रमा उच्चस्तरीय शैक्षिक भ्रमण हुन लागेको हो ।

काठमाडौँ विश्वविद्यालय (केयू) र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रासबीच मास्टर डिग्रीका कक्षा सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणको बेला केयू र आईआईटीबीच मास्टर डिग्रीमा इनर्जी साइन्सका कार्यक्रम सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सोही आधारमा मद्रासमा कक्षाहरू सञ्चालन भइरहेका छन् ।

भ्रमणको क्रममा उक्त कार्यक्रमको अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ । काठमाडौँ विश्वविद्यालयले आयोजनामा हुने उक्त भ्रमणमा शिक्षामन्त्री पौडेलले नेतृत्व गर्नेछन् ।

आफ्नो भ्रमणको विषयमा शिक्षामन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका छन् । भ्रमणको विषय र आफूले गर्ने कामका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । त्यस्तै आगामी सरकार गठनका विषयमा समेत छलफल भएको थियो । माओवादी केन्द्रका नेता समेत रहेका पौडेलले आगामी सरकार पनि गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । उनले भावी सरकार गठनका विषयमा प्रधानमन्त्री देउवासँग चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस