विवाह भोज खाएका पाँच सय जना एकसाथ बिरामी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विवाह भोज खाएका पाँच सय जना एकसाथ बिरामी


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । चितवनमा विवाह भोज खाएका पाँच सय जना एकसाथ बिरामी परेका छन्।

भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर) मा गत २३ गते बिहेभोज खाएका उनीहरू बिरामी परेका हुन्। बिरामी भएकामध्ये ३० जना भन्दा बढी उपचारका लागि नेशनल सिटी अस्पतालमा भर्ना भएका छन्।

अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले एउटै भोजमा सहभागी ६५ जना अस्पताल पुगेको बताए।

उनीहरू नवलपुरको गैँडाकोट-१ का गणेश ढकाल र भरतपुर-१० की करिश्मा अधिकारीको विवाहमा सहभागी भएका थिए।

ढकाल र अधिकारी पनि सामान्य बिरामी छन्। नेशनल सिटी अस्पतालमा उपचार गराइरहेका गैंडाकोटका सविन लम्सालले भोजमा सहभागी बिरामीले अस्पताल भरिएको बताए।

होटेलका प्रबन्ध निर्देशक जनार्दन रिजालले विवाह भोजमा सहभागीहरू बिरामी परेको जानकारी पाएको बताए।

उपचाररत बिरामीहरूले फूड पोइजनको विषयमा छानबिन हुनुपर्ने र उपचार खर्च होटेलले व्योहोर्नुपर्ने माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस