काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेड र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैङ्कका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैङ्कका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारी तथा काठमाडौँ मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार बैङ्कका ग्राहकहरूले काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडमा सिद्धार्थ बैङ्कको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, क्युआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यसले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैङ्कले लिएको छ ।