२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ । ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनील पौडेलेले जानकारी दिए ।

नलगाड नगरपालिका-१० मा रहेको उक्त आयोजनाको डिपिआर सन् २०१६ देखि सुरु भएको थियो । डिपिआरको जिम्मेवारी डिजायड कन्सलटेन्ट काठमाडौँले दुई वर्षमा सक्ने सम्झौताअनुसार लिएको थियो । सात वर्षसम्म डिपिआरको काम सम्पन्न नगर्दा आयोजना नै अन्योलमा परेका बेला अब चार महिनाभित्र काम पूरा गर्ने भन्दै डिपिआरको ड्राफ्ट आएको र अध्ययनको काम जारी रहेको अधिकृत पौडेलले बताए । आयोजनाले उक्त ड्राफ्ट अध्ययनपश्चात् कन्सल्टेन्टलाई दिएर चार महिनाभित्र अन्तिम रिपोर्ट बुझाउने बताएको छ । 

सुरुमा चार मेगावाट विद्युत् उत्पादन गर्न सकिने भनिए पनि अहिले सात दशमलव  एक मेगावाट विद्युत् उत्पादन हुने रिपोर्ट आएको आयोजनाका इन्जिनियर पदम थापाले बताए । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले ताक्सुगाड जलविद्युत आयोजना निर्माण गर्न लागिएको थियो । नलगाडको अझैँ डिपिआर सकिएको छैन । 

भेरी करिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको बीचमा यो आयोजना पर्दछ । तोकिएको समयमा डिपिआर सम्पन्न नगर्दा यहाँका स्थानीय आक्रोशित भएका छन् । कर्णाली प्रदेश सरकारले उक्त आयोजना निर्माण गर्नका लागि मागे पनि नलगाड जलविद्युत आयोजनाले प्रदेशलाई दिएको छैन । प्रदेश सरकारले उक्त आयोजनाका लागि बजेट नै विनियोजन गरेको छ । 

उता ३३ केभी प्रसारण लाइन अन्तर्गत ११ केभी प्रसारण लाइनको सव स्टेसन ताक्सुगाडकै किनारमा रहेको चौखामा निर्माण हुनगइरहेको छ । चौखामा निर्माण हुने उक्त सव स्टेसनले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत् आयोजनाका साथै डोल्पामा विद्युतीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस