२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते

अ+ अ-

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा चार जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुई परिवारका चार सदस्यको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका ४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २:१५ बजे चारकोशे जलथल जंगली हात्तीबाट हात्ती निस्किएका थिए ।

गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । साथै हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी एक बिगाहाको धान पूर्ण रूपमा क्षति पुर्‍याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको करिब ६ मन धान खाएर नष्ट गरिदिएको स्थानीय प्रह्लाद सिलवालले बताए ।

हात्तीले धनबहादुर गहतराजको अटोमा समेत क्षति पुर्‍याएको छ । दाहालको खमारमा रहेको अन्दाजी एक बिगाहाको कुन्यूको धान क्षति गरिरहेको अवस्थामा गाउँले हात्ती देखेपछि घरबाट निस्किएर प्रहरीलाई खबर गरेका थिए । आहारको खोजीमा दिनहुँ आउने हात्तीको कारण जंगल आसपासका बासिन्दा त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस