काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले राजनीतिक भ्रष्टाचार नियन्त्रण पेचिलो बन्दै गएको दाबी गरेकी छिन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाङ्गले यस्तो बताएकी हुन् ।
सर्वेक्षणले भ्रष्टाचार संस्थागत हुँदै गएको देखाएको उल्लेख गर्दै प्रधानाङ्ग भन्छिन्, ‘मन्त्रिपरिषद्ले गरेको निर्णय अख्तियारले छानबिन गर्न नपाउँदा ठूला निर्णय मन्त्रिपरिषदबाट हुने गरेका छन् ।’ निर्माण कार्य र सार्वजनिक खरिदमा हुने भ्रष्टाचार विरुद्ध राज्यले थप कडाइ गर्न जरुरी रहेको उनले बताइन् ।
उनले भनिन्,‘ओम्नि, सेक्युरिटी प्रेस र वाइडबडी जहाज प्रकरणमा भएको भ्रष्टाचारबारे अख्तियारले छिटो निर्णय गर्नुपर्छ ।’ पद्मिनी प्रधानाङ्गले सुराकी संरक्षण र कसुरजन्य सम्पत्ति सम्बन्धी कानुन चाँडो बन्नुपर्ने बताइन् ।