कतार विश्वकपको क्वाटरफाइनल आजबाट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कतार विश्वकपको क्वाटरफाइनल आजबाट


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ ।

कतार विश्वकप अन्तर्गत शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई हराएको थियो । यस्तै नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस