२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डलाई सरकारको नेतृत्व लिन पार्टीभित्र दबाब, नेतृत्व नपाए सरकार बाहिर बस्न सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीका नेताहरुले पहिलो चरणमै सरकारको नेतृत्व लिन दबाब दिएका छन् ।

सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएपछि माओवादीका अधिकांश नेताले प्रचण्डलाई सुरुवातमै सरकारको नेतृत्व लिन दबाब दिएका हुन् ।

नेपाली काँग्रेसले माओवादी केन्द्रको नतिजा सरकारको नेतृत्व गर्नेगरी नआएको भन्दै पहिलो चरणमा प्रधानमन्त्री काँग्रेसबाटै बन्नुपर्ने तर्क गरिरहेको छ । त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस महामन्त्री गगनकुमार थापाले आ–आफ्नो तरिकाले माहोल बनाउन लागिपरेका छन् । यता माओवादीका दोस्रो र तेस्रो तहका नेताहरुले प्रचण्डलाई पहिलो चरणमै प्रधानमन्त्री लिन दबाब बढाएका हुन् ।

सरकारको नेतृत्व आलोपालो हुने भएपछि पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्नेगरी गठबन्धनमा अडान लिन उनीहरूको सुझाव छ ।

माओवादी पार्टीका पोलिटब्यूरो सदस्य राजन दाहालले गठबन्धनमै रहेर पहिलो चरणमै सरकारको नेतृत्व लिनेगरी समझदारी गरेर जानुपर्ने जिकिर गरे ।  कम सिट आउँदैमा समझारीबाट पछि हट्न नहुने उनको भनाइ छ ।

यसअघि माओवादीले ३६ सिट ल्याउँदा समेत २३ सिट जितेको काँग्रेसलाई सरकारको नेतृत्व दिएको दाहालले बताए ।

तर, माओवादीकै अर्का पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटाले यदि पहिलो चरणमै सरकारको नेतृत्व पाउने अवस्था नभएमा सरकारलाई समर्थन दिएर प्रतिपक्षमै बस्नुपर्ने सुझाव दिए ।  

प्रधानमन्त्री भएर सरकारको नेतृत्व लिएर जाँदा आफ्नो नीति तथा कार्यक्रम लागु गर्न सकिने नेताहरूको बुझाइ छ । सरकारमा सहभागी हुने तर नतिजा देखाउन नसक्दा पार्टी क्षयीकरण मात्रै भएकाले त्यस्तो अवस्थामा सरकारलाई समर्थन मात्रै दिएर बस्नुपर्ने मत बलियो हुँदै गएको हो । 

प्रतिक्रिया दिनुहोस