गौरादह । झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रै अत्यधिक पाइएको छ ।
दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका, कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताए । उनका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ ।
शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा सबै जसोमा समस्या देखिएको थियो । शाखाकी प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्क रुपमा कृषि चुनको वितरण गर्ने गरेको बताए। दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ ।
माटोको गुणस्तर सुधारका लागि र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले जानकारी गराए । उनले माटोको गुणस्तर सुधार कृषकलाई उन्नत बीउबिजन उत्पादनका लगि सहयोग गरिरहेको उल्लेख गरे । माटो तथा मल परीक्षण प्रयोगशालाले माटो परीक्षण गर्ने गरेको छ ।