२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको भाइरल पुल जहाँ दैनिक हजारौँ पर्यटक घुम्न आउँछन् !

अ+ अ-

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र ५ मा रहेको द्धारीखोलामाथि निमार्ण भएको दुदेश्वरी कोटभैरब झोलुङ्गे पुल पछिल्लो समयमा भाइरल पुलको नामले चर्चित बनेको छ । 

७० मिटर उचाइ २ सय मिटर लामो उक्त पुल अहिले भाइरल पुलको नामले चर्चित हुनुका साथै डोटी लगायत छिमेकी जिल्लाका आम नागरिकको सामाजिक सञ्जाल फेसबुक, युट्युब र ट्वीटर जताततै भेटिने गरिदा आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । जहाँ दैनिक हजारौँको संख्यामा घुम्न आउने गरेका छन् ।  

नगरपालिकाले पर्यटकीय क्षेत्रहरूको प्रवर्धन गर्ने उद्देश्यले निमार्ण गरेको झोलुङ्गे पुलमा अहिले दैनिक सयौँको संख्यामा पुलमा घुमघाम गरी आनन्द लिने गरेको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्कर सूचिकारले बताए । दुदेश्वरी र कोटभैरब प्रमुख दुई पर्यटकीय क्षेत्र जोडेर झोलुङ्गे पुल निमार्ण गरिदा आन्तरिक पर्यटक बढ्नुका साथै पर्यटन पर्वद्धनमा सहयोग पुगेको बताए । पुल सम्म पुग्ने बाटो, नजिकका धार्मिक स्थल र अन्य कुरा व्यवस्थापनमा नगरपालिकाले योजना बर्नाइरहेको समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत सूचिकारले बताए ।  

दुई वटा अग्ला डाडाँहरु जोडेर बनेको झोलुङ्गे पुल पर्यटकीय हिसाबले सम्भावना युक्त बनेको छ । त्यहाँ दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक आउने गरेकोले नगरपालिकाले ब्यववस्थापनको पाटोमा ध्यान दिनुपर्ने सुदूरपश्चिम होटेल व्यवसाय महासङ्घका अध्यक्ष दीपक खड्काले बताए । 

उनले भने ‘दुदेश्वरी र कोटभैरब दुबै धार्मिक स्थल जोडिएका छन् ट्वीटर  क्षेत्रमा सहज र सुरक्षित रूपमा जानको लागि नगरपालिकाले तलबाट माथि सम्म रेलिङको व्यवस्था पुलमा कति जना सम्म जान मिल्छ, अन्य शौचालयको व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ ।’ दुबै क्षेत्र जोडिएका धार्मिक एवं ऐतिहासिक स्थलहरूको संरक्षण गर्नुपर्ने समेत सुझाव दिएका थिए । 

दुदेश्वरी र कोटभैरब दुबै पर्यटकीय एवं धार्मिक स्थलको नाम भएकोले पनि मानिसहरू दुबै ठाउँमा दर्शन गर्नुका साथै उच्च स्थानबाट दृश्यावलोकन गर्नको लागि पनि पछिल्लो समयमा भाइरल पुल हेर्न, टिकटक, भिडियो बनाउन फोटोहरू लिनको लागि डोटी लगायत अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटकहरूको भिड लाग्ने गरेको देखिन्छ । 

उक्त झोलुङ्गे पुल २०७८ साल असारमा सम्झौता भई बिचमा एक पटक म्याद थप भई २०७९ साल असोज महिनामा ९६ लाख ३९ हजार ७ सय ५८ लागतमा देवभूमि कस्टक्सन निमार्ण सेवाले निमार्ण गरेको नगरपालिकाले जनाएको छ ।

सदरमुकाम सिलगढी र साबिकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा काम विशेषले आउने जो कोही पनि भाइरल पुलमा नपुगेर फर्केका हुँदैनन् । सडक छेउबाट पुल सम्म पुग्न करिब १० मिनेट पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस