सुरुंगा बालविवाहमुक्त नगरपालिका घोषणा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुरुंगा बालविवाहमुक्त नगरपालिका घोषणा 


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको छ। आज एक समारोहको आयोजना गरी बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको हो।

घोषणासँगै सो नगरपालिका मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका भएको छ। कुल ४९ हजार ६६८ जनसङ्ख्या रहेको सो नगरपालिकालाई १४ वटा सूचकको आधारमा बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए।

नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, ०७९ मा उल्लेखित सूचकमा ९० प्रतिशतभन्दा बढी अङ्क हासिल भएपछि बालविवाहमुक्त नगर घोषणा गरिएको उनले समारोहमा बताए। 

सेभ द चिल्ड्रेन र सबल नेपालको साझेदारी तथा नगरपालिकाले आयोजना गरेको समारोहमा प्रमुख अतिथि क्षेत्र नम्बर ४ का नवनिर्वाचित सांसद तेजुलाल चौधरी र नगर प्रमुख गीता चौधरीले अध्यक्षता गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस