बैतडीमा एक युवती घाँटी रेटिएको अवस्थामा मृत फेला, १ घाइते  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीमा एक युवती घाँटी रेटिएको अवस्थामा मृत फेला, १ घाइते 


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । बैतडीमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेका छन्। 

बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका-६ नेपाल टेलिकमको टावर नजिकै रहेको जङ्गलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन्। 

यस्तै दिउँसो १ बजेतिर सोही ठाउँको गाईबस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार पनि घाँटी रेटिएकै अवस्थामा घाइते फेला परेकी हुन्।

मृतक र घाइते दुवै पञ्चेश्वर गाउँपालिका-४ शैलेडाका हुन्। 

उनीहरू मङ्गलवार बिहान १० बजे घरबाट लुगा सिलाउन जाने भन्दै निस्केका थिए। सो दिन घर उनीहरू घर नफर्केपछि परिवारले खोजतलासी सुरु गरेको थियो।

खोजीकार्यकै क्रममा बुधबार उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

फेला परेपछि घाइते नेहाको उपचारका लागि पठाइएको छ। अहिले प्रहरी टोलीले घटनास्थल कार्य गरिरहेको छ।

उनीहरूको हत्यारा पत्ता लगाउन घटनाको सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरिने प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस