अब म अर्को चुनावको तयारीमा लाग्छु : गगन थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

अब म अर्को चुनावको तयारीमा लाग्छु : गगन थापा


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अर्को चुनावको तयारीमा लागेको बताएका छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा थापाले सङ्घको निर्वाचनमा विजयी भएसँगै आफू अब अर्को चुनावको तयारीमा रहेको बताएका हुन् ।

शुक्रवारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात् अर्थात् पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उनको भनाइ छ ।

त्यस्तै महामन्त्री थापाले पाँच वर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागिताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने बताए । कहिलेकाहीँ मन्त्रिपरिषद्मा महिला सहभागिता शून्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए ।

त्यस्तै, थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरू मिलेर काम गर्नुपर्ने र आवश्यक नीति नियम तर्जुमा गर्नुपर्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस