नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने अन्तिम सम्झौता भएको छ। दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् । यससँगै दुई बैंक मर्जरको बाटो टुङ्गो लागेको हो।

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई आगामी पुस २२ गतेसम्म एकापसमा गाभिनका लागि समयसीमा तोकेको छ। तोकिदिएको समयभित्र नै एकापसमा गाभिई एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी एक सदस्यले बताए । 

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबिच गत जेठ २७ गते १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको थियो । 

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब र मेगा बैंकको १६.१२ अर्ब छ। दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु ३४.४३ अर्ब हुनेछ । 

मर्जरपछि संस्थाको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने र संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने सहमति भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस