२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जा २ मा पुन: मतगणना गर्न रामचन्द्र पौडेलकाे आयोगलाई आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

मंगलबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेका हुन्।

उनीहरुले बाजुराको पनि मत गणना थाल्न पनि आग्रह गरेका छन्। काँग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना सुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन्।

प्रमुख निर्वाचन आयुक्तसँगको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोगलाई तुरुन्त मतगणना कार्य सुरु गर्न आग्रह गरिएको बताए। उनले स्याङ्जा २ मा विधिवत रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको बताए।

निर्वाचनको समय अवधिभर कुनैपनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए। उनले बाजुरामा पनि तुरुन्त मत गणना गर्नुपर्ने बताए।

स्याङ्जा–२ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका काँग्रेस उपसभापति धनराज गुरुङले निर्वाचन अधिकृतले समेत निर्वाचनमा धाँधली नभएको र कुनैपनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मत गणना शुरु गर्नुपर्ने बताए।

उनले स्याङ्जा २ मा शान्तिपूर्ण रुपमा मतदान भएको जिकिर गरे । उनले निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई मत गणना गर्न निर्देशन दिने विश्वास पनि व्यक्त गरे

प्रतिक्रिया दिनुहोस