संघको बाकसमा परेको प्रदेशका १०० मत बदर गरेर उदयपुरमा गणना सुचारु « प्रशासन
Logo २१ माघ २०७९, शनिबार
   

संघको बाकसमा परेको प्रदेशका १०० मत बदर गरेर उदयपुरमा गणना सुचारु


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो ।

गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो ।

नेकपा (एमाले)सहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो । १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको आयाेगले जनाएकाे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस