फिका विश्वकप: आज चार खेल हुँदै, को-को भिड्दै छन् ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फिका विश्वकप: आज चार खेल हुँदै, को-को भिड्दै छन् ?


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा मंगलबारबाट समूह चरण अन्तर्गतको अन्तिम चरणका खेलहरु सुरु हुनेछ । जसमा समूह ‘ए’ र समूह ‘बी’का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो दुई खेलमा समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ।

दुबै खेल नेपाली समयअनुसार बेलुका ८:४५ बाट सुरु हुनेछ ।यस खेलहरुबाट समूह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

दोस्रो दुई खेलमा समूह ‘बी’ मा रहेका ईरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राती १२:४५ मा हुनेछ ।

यस खेलहरुबाट समूह ‘बी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस