पुनः मतदानको माग राख्दै आयोग पुग्यो एमाले  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पुनः मतदानको माग राख्दै आयोग पुग्यो एमाले 


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोली निर्वाचन आयोगमा गएको छ। 

स्याङ्जा र बाजुरामा पुनः मतदान तथा दोलखाका विवादित केन्द्र थप्नुपर्ने माग राख्दै एमालेका नेताहरूको टोली आयोगमा गएको हो। 

यस्तै उनीहरूले काभ्रे १ (ख) मा पुनः मतदान र सुनसरीमा मन्त्रीको दबाबमा रोकिएको मतगणना सुचारु गर्न आयोगसँग माग गरेका छन्। 

एमालेले उदयपुरमा केही ठाउँमा अस्वभाविक मतदान भएकाले ती विवादित ठाउँमा समेत पुनः मतदान गर्न माग गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस