रौतहट नगएको भए मलाई नै उछिट्ट्याउने रहेछन् : माधव नेपाल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रौतहट नगएको भए मलाई नै उछिट्ट्याउने रहेछन् : माधव नेपाल


११ मंसिर २०७९, आइतबार


काठमाडौँ। रौतहटबाट चुनाव जितेर काठमाडौँ फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नगएको भए आफूलाई नै चुनाव हराउँथे कि भन्ने लागिरहेको बताएका छन् ।

सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताए । प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका छन् ।

नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरूले समानुपातिकतर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए । ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरूमा थियो । अध्यक्ष नेपालले भने अझै मतगणना जारी रहेको भन्दै नआत्तिन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस