झलनाथ खनाललाई हराउँदै इलाम-१ मा एमालेका महेश बस्नेत निर्वाचित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

झलनाथ खनाललाई हराउँदै इलाम-१ मा एमालेका महेश बस्नेत निर्वाचित


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् ।  

बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् । बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस