त्रिविमा सेमेस्टरमा आधारित चार वर्षे बिएसडब्लू सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिविमा सेमेस्टरमा आधारित चार वर्षे बिएसडब्लू सुरु


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । देशभरका पाँच आङ्गिक क्याम्पसले पाए अनुमति, उपत्यकामा सरस्वती क्याम्पस मात्र

त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट सेमेस्टरमा आधारित चार वर्षे सामाजिक कार्य (बिएसडब्लू) कार्यक्रम सुरु गरेको छ । यो वर्ष त्रिविका पाँच आङ्गिक क्याम्पसले अनुमति पाएका काठमाडौँ उपत्यकामा सरस्वती क्याम्पसले मात्र अनुमति पाएको छ ।

तथा सामाजिक शास्त्र सङ्काय डिनको कार्यालयअन्तर्गत स्नातक तहमा सेमेस्टर प्रणालीमा आधारित एकल अनुशासकीय चार वर्षे कार्यक्रमका रूपमा बिएसडब्लू सुरु भएको हो । पाँच वटा क्याम्पसलाई शैक्षिक वर्ष ०७९र८० देखि नै कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो ।

अनुमति पाउनेमा काठमाडौँको लेखनाथमार्गस्थित सरस्वती बहुमुखी क्याम्पस, इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस, मोरङको महेन्द्र मोरङ बहुमुखी क्याम्पस, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस र कास्कीको पृथ्वीनारायण क्याम्पस छन् ।

यसअघि स्नातक तह (बिए)मा वार्षिक प्रणालीमा एउटा विषय सामाजिक कार्य विषय पढाइ भए पनि एकल अनुशासकीय कार्यक्रम भने पहिलो पटक सञ्चालन हुन लागेको हो ।

त्रिविका मानविकी तथा सामाजिक शास्त्र सङ्काय डिन प्रा।डा। कुसुम शाक्यले पहिलो पटक बिएसडब्लूको सर्टिफिकेट पाउने गरी सिङ्गल डिसिप्लिनरीमा कार्यक्रम सुरु भएको बताइन् । देशैभर धेरै माग भए पनि पहिलो वर्ष भएकाले थोरैलाई मात्र अनुमति दिएको उनको भनाइ छ ।

सरस्वती बहुमुखी क्याम्पसका बिएसडब्लू निर्देशक टेकनाथ सुवेदीले पहिले बिएमा एउटा ऐच्छिक विषयका रूपमा पढाइ भए पनि अहिले बिएसडब्लू सिङ्गल डिसिप्लिनरीमा आएकाले धेरै फरक रहेको बताए । अहिले बिएसडब्लू आकर्षक कार्यक्रम रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस