विश्वकप : मेक्सिकोलाई २-० गोले हराउँदै अर्जेन्टिनाको सहज जित « प्रशासन
Logo १८ माघ २०७९, बुधबार
   

विश्वकप : मेक्सिकोलाई २-० गोले हराउँदै अर्जेन्टिनाको सहज जित


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई २–० गोल अन्तरले हराएको हो ।

लुसाइल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र एन्जो फर्नान्डेसले एक–एक गोल गरे । मेस्सीले खेलको ६४औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको निर्णायक खेलमा अग्रता दिलाएका थिए ।

खेलको ८७ औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ३ अङ्क जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । पराजित मेक्सिको दुई खेलबाट १ अङ्क जोडेर तालिकाको पुछारमा छ ।

अब अर्जेन्टिनाको अन्तिम १६ प्रवेशको सम्भावना अन्तिम खेलले तय गर्नेछ । अन्तिम खेलमा पनि अर्जेन्टिनालाई जितको आवश्यक छ । अर्जेन्टिनाले आफ्नो अन्तिम तथा निर्णायक खेल पोल्यान्डसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस