२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतबाट चोरी मुद्दामा दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ

अ+ अ-

रुपन्देही । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् ।

उनलाई २५ पुस ०५२ मा अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेको थियो ।

२७ वर्षदेखि लुकीछिपी बसिरहेका पुजारी थारूलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ वस्ने वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।

यसैबीच, सवारी ज्यान मुद्दामा कैद ठहर भई नौ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतको ७ माघ ०७० मा गरेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई नौ वर्षदेखि लुकिछिपी बसिरहेका सीताराम थारूलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।

लापरवाही गरी ट्याक्टर चलाउँदा मानिसको मृत्यु भएको सवारी ज्यान मुद्दामा दुई वर्ष कैद ठहर भई ६ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । ०७३ सालमा सैनामैना नगरपालिकाको बाँसगढीमा लापरवाही साथ सवारी चलाई मानिस मृत्यु भएको घटनामा रुपन्देही जिल्ला अदालतको १७ फागुन ०७३ को फैसलाअनुसार सवारी ज्यान मुद्दामा २ वर्ष कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई ६ वर्षदेखि फरार रहिरहेका साविक सालझण्डी–६ हालको सैनामैना नगरपालिका–११ बस्ने वर्ष ३३ को हिरा भनिने मोहनलाल थारु पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा सोही दिन नै कारागार चलान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस