४ महिनामा साढे २३ करोडको विद्युतीय मिटर आयात « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

४ महिनामा साढे २३ करोडको विद्युतीय मिटर आयात


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ४ महिनाको अवधिमा विदेशबाट साढे २३ करोड रूपैयाँ बराबरको विद्युतीय मिटर आयात भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा २० लाख ६१ हजार वटा विद्युतीय मिटर आयात भएको हो ।

यसक्रममा आयातकर्ताले ५ करोड २५ लाख रूपैयाँ बराबरको भन्सार राजश्व बुझाएका छन् । नेपालमा विश्वका ६ वटा देशबाट विद्युतीय मिटर आयात हुने गरेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनबाट आउने गरेको विभागले जनाएको छ ।

चीनबाट २१ करोड ८७ लाख रुपैयाँ बराबरको १ लाख ७४ हजार वटा विद्युतीय मिटर भित्रिएको छ । यस्तै, भारतबाट १ करोड रूपैयाँको थाइल्याण्डबाट १५ लाख ७४ हजार रूपैयाँको मिटर भित्रिएको विभागले जनाएको छ ।

यसैगरी, अमेरिकाबाट ४९ लाख ६५ हजार रूपैयाँको मिटर भित्रिएको तथ्यांकले देखाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस