मोरङ-३ बाट कांग्रेसका सुनिल शर्मा भारी मतान्तरले विजयी, रेखा थापा पराजित « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

मोरङ-३ बाट कांग्रेसका सुनिल शर्मा भारी मतान्तरले विजयी, रेखा थापा पराजित


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका शर्मा भारी मतान्तरले विजयी भएका हुन्।

शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जानकारी दिए। उनका अनुसार शर्माका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका छन्। शर्मा र ढकालबीचको मतान्तर २२ हजार ७३६ रहेको छ।

यसैबीच शर्मा र ढकालसँग प्रतिस्पर्धामा उत्रिएकी नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापाले १० हजार ९९८ मत ल्याएकी छिन्। प्रतिस्पर्धामा तेस्रो बनेकी रेखाले राप्रपाबाट उम्मेदवारी दिएकी थिइन्।

निर्वात अधिकृत काफ्लेका अनुसार मंसिर ४ गतेको निर्वाचनमा यो क्षेत्रमा ९७ हजार १२६ मत खसेको थियो। खसेकोमध्ये ९२ हजार २०२ सदर र ४ हजार ९२४ मत बदर भएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस