प्रतिबद्धता पूरा गर्न इमानदारिताका साथ अघि बढ्छु : विनोद चौधरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिबद्धता पूरा गर्न इमानदारिताका साथ अघि बढ्छु : विनोद चौधरी


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ का नवनिर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा गर्न इमानदारिताका साथ काम गर्ने बताएका छन् । बर्दघाटमा आज आयोजित कार्यक्रममा बोल्दै चौधरीले पश्चिम नवलपरासीको विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताए ।

जनताको जीवनस्तर उकास्नका लागि इमानदारिताका साथ सेवामा खटिने उनको भनाइ थियो । “चुनावको समयमा मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न इमान्दार भएर लाग्नेछु । ती प्रतिविद्धतालाई केवल चुनावी प्रतिविद्धतामा मात्रै सीमित हुन दिन्न”, चौधरीले भने– “जनताको जीवनस्तर उकास्न इमानदारिताका साथ सेवामा खट्ने प्रतिबद्धता व्यक्त गर्छु ।”

मतदाताको सम्मान गर्दै विश्वास टुट्न नदिने बताउँदै कसैलाई पक्ष विपक्षीका रूपमा नलिई नवलरासीकोे समस्या समाधानमा अघि बढ्ने उनको भनाइ थियो । “यस क्षेत्रको गरिबीलाई कसरी हटाउन सकिन्छ ? यहाँको समस्या समाधान गर्नुछ । यसलाई सबैसँग मिलेर व्यवस्थापन गर्नेछौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस