रुग्ण उद्योग सञ्चालनबारे निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक छ : सचिव राय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रुग्ण उद्योग सञ्चालनबारे निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक छ : सचिव राय


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव रायले रुग्ण उद्योग चलाउने वा नचलाउने भन्ने बारेमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक भएको बताएका हुन् ।

उनले रुग्ण उद्योगमा प्रयोग भएका मेसिनको पार्टपुर्जा बिग्रिएमा विश्वमा नै नपाउने अवस्था रहेकाले निजी क्षेत्र र सरकार बसेर गम्भीर रूपमा छलफल गर्न आवश्यक बताए । 

उनले सरकारले विराटनगरको जुट मिल, हेटौँडाको कपडा उद्योग र जनकपुरको चुरोट कारखाना सञ्चालनमा ल्याउने भनेपनि समस्या रहेको बताए । उनले पछिल्लो समय निजी क्षेत्र चार वस्तुको आयात प्रतिबन्ध भएको विषयलाई ठुलो मुद्दा बनाएको बताए । उनले सरकारले ६ महिनासम्म पाँच वस्तुको आयात खुल्ला गरेको भए थप ५० अर्बको सामान आयात हुने देखिएको बताए । सचिव रायले चार वटा वस्तुको आयात प्रतिबन्धले मात्रै उद्योग व्यापारमा माग कमी नभएको बताए ।  

उनले  मन्त्रालयले अहिले आएका नयाँ स्टार्ट अप उद्यमको क्षेत्रमा पनि जान आवश्यक रहेकाले मन्त्रालयले काम गर्ने बताए ।   

Tags :
प्रतिक्रिया दिनुहोस